बागमती। बागमती प्रदेश सरकारले सौर्य विमान दुर्घटनामा १८ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजे उडेको केहीबेरमै त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते विमानका चालक मनिष शाक्यको सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बैठकले केही दिनअघि चितवनको सिमलतालमा पहिरामा परेर त्रिशूली नदीमा पुरिएर दुई बसका यात्रुहरुको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको मन्त्री महर्जनले बताए।
त्यस्तै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशका १३ वटै जिल्लाका जिल्ला विपद् समन्वय समितिलाई रु पाँच करोड २० लाख दिने निर्णय गरेको मन्त्री महर्जनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...
फाल्गुन २९ गते, २०८२ - १३:३६
काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । सार्वजनिक निजी ...
फाल्गुन २९ गते, २०८२ - १३:३०
कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...
फाल्गुन २९ गते, २०८२ - १२:५८
रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...


प्रतिकृया लेख्नुहोस्: