बागमती। बागमती प्रदेश सरकारले सौर्य विमान दुर्घटनामा १८ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजे उडेको केहीबेरमै त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते विमानका चालक मनिष शाक्यको सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बैठकले केही दिनअघि चितवनको सिमलतालमा पहिरामा परेर त्रिशूली नदीमा पुरिएर दुई बसका यात्रुहरुको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको मन्त्री महर्जनले बताए।
त्यस्तै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशका १३ वटै जिल्लाका जिल्ला विपद् समन्वय समितिलाई रु पाँच करोड २० लाख दिने निर्णय गरेको मन्त्री महर्जनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...
पौष १४ गते, २०८२ - १४:०७
रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन




प्रतिकृया लेख्नुहोस्: