Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

‘बजार अनुगमन प्रभावकारी भएन’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका सदस्य र उपभोक्ता अधिकारकर्मीले उपभोक्ता ठगिने क्रम रोक्न बजार अनुगमन प्रणालीलाई नियमित गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उनिहरुले उपभोग्य वस्तु तथा सेवाको गुणस्तर एवम् मूल्यवृद्धिको नियमित बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनिहरुले उपभोक्ता सचेतनाले मात्र बजार स्वस्थ र प्रतिस्पर्धी हुने धारणा राखे । समिति सभापति सोनाम गेल्जेन शेर्पाले नियमित अनुगमन र समग्र अनुगमन प्रणालीको सुधारका लागि सरकारलाई निर्देशन दिने बताए । उनले नियमित बजार अनुगमनले निरन्तरता पाउनुपर्नेमा जोड दिदै सङ्घीय व्यवस्थालाई बलियो नबनाएसम्म सुक्ष्म व्यवस्थापन सम्भव नहुने भनाइ राखे । 

आजको बैठकमा उपभोक्ता अधिकारकर्मी एवम् अभियानकर्ताले अत्यावश्यक वस्तु तथा सेवाको बजार स्वस्थ्य र प्रतिस्पर्धी बन्न नसकेको समस्याप्रति राष्ट्रिय सभा सदस्यहरुको ध्यानार्कषण गराए । एकातर्फ वाणिज्य विभागको अनुगमन प्रभावकारी नहुनु र अर्कातर्फ स्थानीय सरकारले नगन्य मात्रामा गर्ने बजार अनुगमनले उपभोक्ता मारमा पर्ने उनिहरुको भनाइ थियो । 

उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रर्वद्धन सम्बन्धमा देखिएका समस्या र सुझावबारे छलफलमा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्रभावकारी बजार अनुगमनको अभ्यास नभएको गुनासो गरे । 

“बजारमा सुनदेखि नूनसम्म स्वस्थ छैन । उपभोक्ताहरु वस्तु वा सेवाको मूल्य, तौल र गुणस्तरमा ठगिँदै आएका छन्”, उनले भने, “प्रभावकारी अनुगमन भएको छैन ।” विश्व उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष तारा कार्की र सुशासन महासङ्घ नेपालका प्रतिनिधि ओम लामिछानेले बजार अनुगमनका क्रममा कारबाहीमा परेकासमेत राजनीतिक भनसुनका आधारमा छुट्ने हुँदा दण्डहीनताले प्रश्रय पाइरहेको टिप्पणी गरिन । 

खाद्य, मलखाद, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र यातायात जस्ता वस्तु तथा सेवाको गुणस्तर र मूल्यमा अनियमितताले उपभोक्ता मारमा परिरहेको उनिहरुको गुनासो छ । उपभोक्ता अधिकारकर्मीले विधायिकाहरुले बजारमा अनियमितता र कालोबजारीलाई बेवास्ता गर्न नहुनेतर्फ सचेत गराउँदै सुझाव प्रस्तुत गरे । अत्यावश्यक वस्तु तथा सेवामासमेत ठगिनपरेकाले सरकार र राजनीतिक नेतृत्वप्रति नागरिकको अविश्वास बढेको उनिहरुको भनाइ थियो । 

समिति सभापति शेर्पाले अभियानकर्मीलाई आफनो भूमिकामा पारर्दशी र जिम्मेवार बन्दै राजनीतिकर्मीलाई खबरदारी गर्न सुझाव दिए । उनले अभियानकर्मी र जनप्रतिनिधिबिच अविश्वासको खाडल आपसी सहकार्यले पुर्नपर्ने बताए । “धेरै उपभोक्ता मञ्च र समिति छुट्टा छुट्टै किन बनाउछौँ नेपालमा ? तपाईहरु यति धेरै सङ्ख्यामा हुनुहुन्छ । तपाईहरुको अभियानबाट के परिणाम आयो ?”, सभापति शेर्पाले भने । 

समिति सदस्य राजेन्द्र लक्ष्मी गैरेले अभियानकर्ता र जनप्रतिनिधि दुवैप्रति नागरिकको विश्वास बलियो बनाउन उपभोक्ताको अधिकारका लागि मिलेर काम गर्नुपर्ने बताए । समिति सदस्य विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाय, उदयबहादुर बोहरा र गोपी सार्की अछामीले उपभोक्ता सचेतनामा जोड दिए । उनिहरुले अभियानकर्तालाई उपभोक्ता सचेतना अभिवृद्धिका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy