ताप्लेजुङ । ताप्लेजुङमा एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा झण्डै सत्र लाख क्युविक फिट काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो ।
डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पासवानका अनुसार गत आवमा कुल १६ लाख ८३ हजार ३६३ क्युविक फिट काठ निकासी भएको छ । जिल्लाका विभिन्न निजी वन क्षेत्रबाट सो परिमाणको काठ निकासी वा स्थानान्तरण गर्न डिभिजन वन कार्यालयबाट इजाजत प्रदान भएको वन अधिकृत पासवानले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा बढी गत जेठ महिनामा दुई लाख ७६ हजार १८७ क्युविक फिट काठ निकासी भएको छ । त्यसपछि गत वैशाख महिनामा दुई लाख ४३ हजार ९३० क्युविक फिट, चैतमा दुई लाख २६ हजार ६८५ क्युविक फिट गोलिया काठ निकासी भएको छ । गत फागुन महिनामा दुई लाख १९ हजार ५७८ क्युविक फिट र माघ महिनामा एक लाख ४९ हजार ५५४ क्युविक फिट काठ निकासी भएको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका अनुसार गत पुस महिनामा एक लाख ३५ हजार ४१२ क्युविक फिट, मङ्सिर महिनामा एक लाख २७ हजार १३२ क्युविक फिट काठ निकासी भएको छ । असोजमा ९५ हजार ६३६ क्युविक फिट, भदौमा ५३ हजार ३३३ क्युविक फिट, कात्तिक महिनामा ५२ हजार ८०० क्युविक फिट काठ निकासी भएको छ ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा ६३ हजार ७८२ क्युविक फिट र गत आवमा सबैभन्दा कम साउन महिनामा ३९ हजार ३२२ क्युविक फिट काठ निकासी भएको छ । यता गत आवमा गोलिया काठ निकासी गर्न इजाजत दिएबापत कुल छ करोड ३५ लाख ३४ हजार ९२६ रुपियाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । निजी वनमा रहेको अधिकांश उत्तिस, मलातो, चिलाउनेजस्ता प्रजातिका काठ निकासी गर्ने गरिएको पनि वन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - २०:५५
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...
पौष ७ गते, २०८१ - २०:४१
लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन...
पौष ७ गते, २०८१ - २०:२६
काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...
पौष ७ गते, २०८१ - २०:१५
पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...
पौष ७ गते, २०८१ - १९:४०
इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...
पौष ७ गते, २०८१ - १८:४९
महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...
पौष ७ गते, २०८१ - १८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ । महाशाखाका मौसमवि...
पौष ७ गते, २०८१ - १८:३०
काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...
पौष ७ गते, २०८१ - १८:१६
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
प्रतिकृया लेख्नुहोस्: