Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

आठपहरिया जातिको सङ्ग्राहालय निर्माण अन्तिम चरणमा

खबरडबली संवाददाता

धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्राहालय निर्माण  भएको छ ।

तीन वर्षअघि निर्माण कार्य थालिएको उक्त संग्राहालयले यतिबेला भने गति लिएको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त सङ्ग्राहालय भवन सङ्घीय तथा प्रदेश सरकार तथा धनकुटा नगरपालिका मार्फत दुई करोड ८ लाख रुपियाँ लागतमा निर्माण गर्न लागिएको हो ।

धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा निर्माणको काम भइरहेको उक्त सङ्ग्राहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा उक्त सङ्ग्राहालय निर्माण भइरहेको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गले जानकारी दिए ।

पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राईको पहलमा २०७८ सालमा ५० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट सङ्ग्राहालय निर्माणको काम थालिएको आठपहरिया समाज नेपालका केन्द्रिय महासचिव कोमल किम्दाङ आठपहरियाले बताए । उनका अनुसार पुरानो शैलीमा खरको छानोबाट निर्माण गरिएको सङ्ग्राहालयको पहिलो तलामा एउटा हलसहित चारवटा कोठा र माथिल्लो तलामा चारवटा गरि जम्मा १० वटा कोठा छन् । 

धनकुटामा आठपहरिया जातिको जनसङ्ख्या करिब ६ हजार ८ सय छ । उक्त सङ्ग्राहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरू, आठपहरिया जातिले लगाउने गरेका परम्परागत गहना राखिने जनाइएको छ ।

यो समुदायले प्रयोग गर्ने वाद्यवादन, हतियार, भाँडाकुँडा जस्ता वस्तुसमेत सङ्ग्रह गरिने आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव किम्दाङ आठपहरियाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy