Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगराैं: कमल थापा

खबरडबली संवाददाता

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पुर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी बिकल्प खोज्ने बेला आएको बताएका छन् । 

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य ब्यबस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ति परिबर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिबर्तन गर्नुपर्नेमा जोड दिए । 

ड्राइभर फेरेर, बस परिबर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिबर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेतिथी र बिकृतीको अन्त्य गर्न राप्रपा नेपालले अबलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे । बेरोजगारी समस्या, धर्मपरिबर्तन, आर्थिक मन्दी, भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सहि गति लिन नसक्ने भन्दै थापाले बिदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए । 

पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानू पर्ने भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए । 

पार्टीको महाधिवेशनलाई समय सिमामा सक्न संरचना निर्माण, इकाई कमिटी गठन पुनर्गठनकार्य गर्न समेत थालाले आग्रह गरे । प्रशिक्षण कार्यक्रममा डाक्टर बिष्णु भण्डारी र राजाराम बर्तौला 'चुनेली' ले समेत प्रशिक्षण दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: