काठमाडाैं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच टिआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठकमा त्यस्तो सहमति जुटेको हो । संयन्त्रमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा छन् ।
बैठकपछि माओवादी उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको र सोमबार सरोकारवालहरूसँग छलफलपछि संयन्त्रको बैठक बसेर अन्तिम रूप दिइने बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गर्ने र त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ,’ शर्माले भने ।
एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठकमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए ।
‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ । फाइनल गर्नका लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ बर्तौलाले भने ।पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाको भनाइ छ । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - २०:५५
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...
पौष ७ गते, २०८१ - २०:४१
लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन...
पौष ७ गते, २०८१ - २०:२६
काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...
पौष ७ गते, २०८१ - २०:१५
पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...
पौष ७ गते, २०८१ - १९:४०
इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...
पौष ७ गते, २०८१ - १८:४९
महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...
पौष ७ गते, २०८१ - १८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ । महाशाखाका मौसमवि...
पौष ७ गते, २०८१ - १८:३०
काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...
पौष ७ गते, २०८१ - १८:१६
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
प्रतिकृया लेख्नुहोस्: