Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

सडक कालोपत्र प्रक्रिया अघि बढाउन नेता डा.महतको माग

खबरडबली संवाददाता

काठमाडौं । नुवाकोटका जनप्रतिनिधिले गङ्गटे-लब्दु-समुद्रटार-गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई आज उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको जानकारी गराएको हो । 

प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि मन्त्री दाहालले अर्को मन्त्रिपरिषद बैठकले निर्णय गर्ने गरी फाइल तयार पार्न मन्त्रालयका सचिव गोपाल सिग्देललाई निर्देशन दिए । मन्त्रीलाई ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले आफू अर्थमन्त्री हुँदा स्रोत सुनिश्चित भएको उक्त सडकको काम सरकार परिवर्तन हुने बित्तिकै राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का प्रक्रिया रोकिँदा स्थानीयवासी निराश भएको बताए । ६७ किमी सडकको कालोपत्रका लागि एक अर्ब ३३ करोड स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए । 

यो सडक कालोपत्र भएपछि नुवाकोटका चार पालिकासँगै सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिकाका सर्वसाधारणसमेत लाभान्वित हुने छन् । नुवाकोटका सूर्यगढी, लिखु, दुप्चेश्वर र तादी गाउँपालिकाका स्थानीयवासी सडकबाट लाभान्वित हुने छन् । दुप्चेश्वर मन्दिर जाने धार्मिक पर्यटकलाई सडकले सहज हुनेछ । तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समुद्रटारबाट गोल्फु भञ्ज्याङसम्मको करिब २१ किमी सडक निकै अप्ठ्यारो रहेको बताउँछन । 

गङ्गटेबाट लब्दु हुँदै समुद्रटारसम्मको सडक यसअघि कालोपत्र भइसकेकाले सहज रहेको उनले बताए । यो सडकको समुद्रटारसम्म मध्यपहाडी लोकमार्ग जोडिन्छ । सडकको चौडाइ बिस्तार गरी नौ मिटरबाट १५ मिटर बनाउने तयारी गरिएको छ । प्रतिनिधिमण्डलमा लिखु गाउँपालिका अध्यक्ष ध्रुुव श्रेष्ठ, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, दुप्चेश्वर गाउँपालिका-३ का वडाअध्यक्ष ध्रुव केसीलगायतको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy