Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

काेसी सरकारलाई दिएकाे समर्थन कायमै राखेर माओवादी केन्द्र बाहिरियाे

खबरडबली संवाददाता

माेरङ । नेकपा माओवादी केन्द्र नेकपा एमाले गठबन्धनको कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका चार मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी एमालेसँगको गठबन्धन सरकारबाट बाहिरिएको हो । 

शुक्रबार अपरान्ह्र माओबादी केन्द्रका मन्त्रीहरु गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका छन् । माओबादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २७ बैशाख २०८१ म कोसी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

१७ असारमा केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेपनि मुख्यमन्त्री कार्कीको आग्रहका कारण माओबादी केन्द्रले कोसीमा सरकार छाडेको थिएन । मुख्यमन्त्री कार्की बामपन्थी गठबन्धनलाई नै कायम राखेर सर्वदलीय सरकार बनाउने पक्षमा थिए । तर केन्द्रको अस्वीकारपछि मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन नसक्ने बताएपछि सरकारबाट बाहिरिएको माओबादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले बताए ।

सरकारबाट बाहिरिए पनि कानुनी कारण देखाउँदै माओवादीले सरकारलाईइ दिएको समर्थन भने फिर्ता लिएको छैन । विज्ञहरुसँग सल्लाह गरेर छिट्टै समर्थन पनि फिर्ता लिने आङ्बोले बताए ।

माओबादीका मन्त्रीहरुले राजीनामा दिएसँगै कोसीमा अब मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा नयाँ गठबन्धनमा रहेको कांग्रेस सरकारमा सहभागी हुनेछ । तर मन्त्रालय र आन्तरिक भागबण्डा नमिल्दा कांग्रेस सरकारमा सहभागी भइसकेको छैन ।

विधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy