Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध, अवरुद्ध बाटो खुलाईयो

खबरडबली संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरुमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अबरुद्ध भएको सडक खुलाएको छ । 

मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढिले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो । 

त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाईएको हो । यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनाराण नगरपालिका वडा नं. ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते बृक्षारोपण गरिएको छ । 

चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिषरमा गरिएको बृक्षारोपण कार्यक्रममा नं. २२ गुहेश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...

प्रधानमन्त्री ओलीसमक्ष राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...

पाँच दिन अझै दुर्गा प्रसाईं प्रहरी हिरासतमै रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...

धनुषाका निजी विद्यालय एक सातादेखि बन्द

धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगले माग गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ ।  आयोगका सहसचि...

युवती बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...

चार महिनामा मधेश प्रदेशमा ७२ प्रहरी विभागीय कारबाहीमा

मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन ।  आठ जिल्ला रहेको मधेश ...

मनाङमा चिसाे बढेसँगै जम्न थाले नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...

बाजुरामा रुखले च्यापिएर एकजनाको मृत्यु, दुई घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छया युनामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार दिउँसो विद्युतकाे लाइन ता...

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy