Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

फ्रान्समा रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार फ्रान्सेली रेल नेटवर्कमा भएको आक्रमणका कारण फ्रान्समा रहेका १० मध्ये ३ उच्च गतिको रेल शनिबार पनि प्रभावित भएका छन् । 

फ्रान्सको रेल नेटवर्कमा भएको आक्रमणको प्रतिक्रिया दिँदै फ्रान्सेली प्रधानमन्त्री गेब्रियल एटलले सुरक्षा बलहरूले आक्रमण र तोडफोडका लागि जिम्मेवार व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् । राष्ट्रिय रेल कम्पनी एसएनसीएफले शनिबार सेवाहरू दुई घण्टा ढिलो हुने बताएको छ, जबकि युरोस्टार सेवाहरूको एक चौथाई रद्द हुनेछन् । 

फ्रान्सका यातायात मन्त्रीले सोमबार बिहानसम्म सेवा सामान्य हुने बताएका छन् । सरकारी अधिकारीहरूले बदमाशहरूले रेल सेवाहरू सुरक्षित सञ्चालनका लागि आवश्यक अप्टिक फाइबर केबल काटेर आगो लगाएको बताएका छन् । 

यस घटनाबाट शुक्रबार लगभग २ लाख ५० हजार यात्रुहरू प्रभावित भएका थिए, जबकि जुनियर यातायात मन्त्री प्याट्रिस भर्ग्रिएटले लगभग ८ लाख यात्रुहरू तीन दिनमा प्रभावित हुन सक्ने बताएका छन् । 

लन्डनदेखि पेरिससम्म अन्तर्राष्ट्रिय सेवाहरू सञ्चालन गर्ने र फ्रान्समा उच्च-स्पीड लाइनहरू प्रयोग गर्ने युरोस्टारले यसका चारमध्ये एउटा रेल सप्ताहन्तमा नचल्ने बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy