Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रतिनिधि सभा शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यले विभिन्न विषयमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई दुर्घटनामा निधन हुनेप्रति सरकारले विभेद गरेको बताइन । उनले सिमलतालमा बस दुर्घटना हुँदा मन्त्रिपरिषद्‍मा शोक प्रस्ताव पारित नगरिएको तर हवाई दुर्घटना हुँदा शोक प्रस्ताव पारित गरी राष्ट्रिय झण्डा झुकाइएको भन्दै यसप्रति सरकारसँग जवाफ माग गरिन । 

प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले देशमा नीति, ऐन, कानुन धेरै भएपनि कार्यान्वयनमा कमी भएको बताइन । उनले राज्यको तल्लो निकायदेखि माथिल्लो निकायसम्म जहाँ जाँदा पनि ऐन, कानुन बाझिएको कुरा आउने भन्दै यसले नागरिकहरू समस्यामा परेका बताइन । 

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आजसम्म संसदमा कुरा उठाइएका चर्चित भ्रष्टाचार काण्डको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरे । प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले नेपालीलाई भुटानी शरणार्थीलाई मन्त्री बनाइएको बताए । त्यस्तै स्काउटको जग्गा हडप्ने र लुम्बिनी प्रदेशमा हत्या आरोपीलाई मन्त्री बनाइएको भन्दै सरकार कुशासनको जगमा उभिएको बताए । 

प्रतिनिधि सभा सदस्य असीम साहले जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएका टिप्पणी गरे । उनले यस अगाडिका कयौँ दुर्घटनाहरूबाट सरकारले पाठ नसिकेको भन्दै सरकारको सोच पनि घाइते भएको बताए । 

प्रतिनिधि सभा सदस्य कालुराम राईले सडकपेटी खुला राख्नु अपाङ्गता भएका व्यक्तिको ज्यान जाने धराप थाप्नु भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सडकपेटीमा रेलिङ बनाउने, र्‍याम्प राख्ने तथा गाइडिङ ब्लक राखी अपाङ्गता पहुँचयुक्त सडक बनाउन माग गरे । 

प्रतिनिधि सभा सदस्यले आ–आफ्नो क्षेत्र तथा जिल्लाहरूमा प्राकृतिक प्रकोपका कारण घटनाहरू घटिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: