Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भेनेजुएलामा मडुरो राष्ट्रपतिको चौथो कार्यकालका लागि अनुमोदित

खबरडबली संवाददाता

एजेन्सी । भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएको छ । मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी भएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन परिषद्ले जनाएको छ । 

विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् । निर्वाचन परिषद्बाट मतपरिणामको घोषणापछि राष्ट्रपति मडुरोले राष्ट्रपति भवनमा समर्थकहरूलाई सम्बोधन गरेको छ। सम्बोधनमा उनले भने, “भेनेजुएला र विश्वका जनतासामु बोलिभारियाली गणतन्त्र भेनेजुएलाको पुनः निर्वाचित राष्ट्रपतिमा म निर्वाचित भएको छु । मेरो आगामी जिम्मेवारी देशमा शान्ति, स्थायित्व र न्यायका लागि हुनेछ । सबैले शान्ति र सुव्यवस्थाको सम्मान गरौँ ।”

तर भेनेजुएलाको विपक्षी गठबन्धनले निर्वाचन परिषद् तथ्याङ्क (मत परिणाम) लाई अस्वीकार गर्दै आफूले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ । “हामी भेनेजुएला र विश्व समुदायलाई भेनेजुएलाको नयाँ राष्ट्रपतिमा डमुन्डो गोन्जालेज उरुटिया निर्वाचित भएको जानकारी गराउन चाहन्छौँ,” विपक्षी नेता मारिया कोरिना माचाडोले पत्रकार सम्मेलन गरी बताए । उनले चुनावमा आफ्नो दलले बृहत् समर्थनसहित निर्वाचित बनेको दावी गरे । 

कोस्टारिकाका राष्ट्रपति रोड्रिगो चाभेजले नतिजालाई ‘कपटपूर्ण’ भन्दै निर्वाचनको आधिकारिकतामाथि प्रश्न उठाएको छ भने चिलीका राष्ट्रपतिले परिणामलाई ‘विश्वास गर्न’ कठिन भनी प्रतिक्रिया दिएको छ । पेरुले मतपरिणामबारे परामर्शका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको बताएको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको निर्वाचन परिणामले भेनेजुएलाका मतदाताको इच्छालाई प्रतिबिम्बित नगरेको भन्दै मतपरिणामप्रति अविश्वास प्रकट गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा भिरबाट लडेर एककाे मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।  कैलाश गाउँपालिका –२ छ्या...

गत आर्थिक वर्षकाे चार अर्ब त्रिहत्तर करोड कर फिर्ता

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...

कैलालीमा खैरो हेरोईनसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...

हिरासतमुक्त भए कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

काठमाडाैं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा पुगेक...

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...

दश युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy