बाँके । बाँकेकाे नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिएकाे जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० डोजलाई नेपालगन्जको कन्या माविका बालिकालाई लगाइएको बताए । उनले विद्यालयमै पुगेर कन्या माविमा अध्ययनरत १० देखि १४ वर्ष उमेरका १४० जना किशोरीलाई खोप लगाइएको बताए ।
नेपालगन्ज ४ स्थित कन्या माविमा अधिकांश मुस्लिम र मधेशी समुदायका बालिकाहरू मात्र पढ्ने भएकोले सो विद्यालयलाई छनोट गरेर त्यहाँ खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चालु आर्थिक वर्षमा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको थप खोप माग गरिएको जनाउँदै स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो वा तेस्रो चौमासिकमा खोप लगाइने बताए ।
गत वर्ष नेपालगन्जमा करिब एक हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो र दोस्रो डोज लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।
नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्दछ । यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १७:२५
काठमाडौं । मलेसिायमा जारी एसिसी महिला यु–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ । मलेसियाको बायोमास ओ...
पौष ४ गते, २०८१ - १७:२२
पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्ब...
पौष ४ गते, २०८१ - १७:१७
ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्ध...
पौष ४ गते, २०८१ - १७:१३
लन्डन । बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न ...
पौष ४ गते, २०८१ - १७:१०
काठमाडाैं । जारी एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने भएका छन् । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो...
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
प्रतिकृया लेख्नुहोस्: