Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भएको छ। सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा(एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध गरेको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए ।

मुख्यमन्त्री सोडारीले नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मत लिने कुरा पनि प्रदेश सभा सचिवलयलाई लेखिएको पत्रमा उल्लेख छ। 

मुख्यमन्त्रीको आग्रह अनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गर्नुभएको सूचना अधिकारी जैसीले बताए।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। तर मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, एकीकृत समाजवादीका चार, र स्वतन्त्रको एक गरेर १५ मत मात्रै पर्ने देखिन्छ। 

उहाँको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तीका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ। 

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ती र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। कांग्रेस र एमालेबीचको सहमति अनुसार अब सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ। कांग्रेसले अझै कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...

महालेखाको ६२ औँ प्रतिवेदन सार्वजनिक: कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।  महालेखा परीक्षक तोयम रायाले बुधबार शि...

साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार

काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ ।  भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...

सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयमा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ ।  नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या हैन: परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...

आइसिसी विश्वकप लिग–२: नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending