स्याङ्जा । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा किमी ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो ।
यहाँको नागँडाडाँ– कार्कीनेटा दोस्रो खण्ड सडक ९.५ किमी, मिर्दी क्याक्मी भिमाद सडक १० किमी, हेलु अर्जुन चौपारी सडक ६.२ किमी कालेपत्रे गरिएको छ । यस्तै देविस्थान लामडाडाँ पोखरी कुसेचौर १.५ किमी, सेतिदोभान बरबोटर साधना सडक र सर्केटारी दामगाडे सडक सात/सात सय मिटर, भुम्रेचोक सडक छ सय मिटर, बिरेन्द्र नगर देविस्थान र ढडुवा ठुलाडिही सडक पाचँ-पाचँ सय मिटर गरी ३०.२ किमी कालोपत्रे गरेको कालोपत्रे भएको हो ।
यस्तै बहुवर्षिय सडक अन्र्तगत दामाचौर हिलामराङ सडक पाचँ किमी, शुक्लागण्डकी–चिसापानी सडक तीन किमी, मर्तमास लोलुङ्गा सडक १.२ किमी, दिमीक फाट कृषि सडक पाचँ सय मिटर, आमडाली थापाडाडाँ सड तीन सय मिटर सहित साना ढलान गरी १३ किमी ढलान पूर्वाधारले गरेको हो । गत वर्ष समेत ४२ किमी कालोपत्रे गरेको पूर्वाधारले आगामी आवमा धेरै सडक कालोपत्रे हुने पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।
यहाँ एक निर्वाचन क्षेत्र एक कृषि सडक, एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सड गरेर एक दर्जन बहुवर्षिय योजना सम्झौता गरेर काम अगाडि बढाइएको छ भने चार वटा ठुला सडक कालोपत्रेको तयारीमा छन् ।
पूर्वाधारले आव ०८०-८१ मा कटुजे बडौचौर फलामे पुल(फेदिखोला) र केवरेखोला ढाडँ झोलुङ्गे पुल)अर्जुन चौपारी) गरी दुई झोलुङ्गे पुल बनाएको छ । यस्तै गैरीघाट र रातोखोला मोटरेबल पुल (बिरुवा) राक्सेखोला (गल्याङ्ग), सिङहाले र पौवेखोला (पुतलीबजार), सेतिखोला मोटरेबल पुल )फेदिखोलामा गरी छ वटा निर्माण पूर्वाधारले तिब्र रुपमा अगाडि बढाएको छ ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाले आब ०८०-८१ मा पुजीँगततर्फ एक अर्ब ११ करोड छ लाख ७७ हजार ९१० रुपियाँ(८०.५८ प्रतिशत) खर्च गरेको छ । पूर्वाधारले सडक तर्फ एक अर्ब एक करोड ४९ लाख एक सय(८०.२१ प्रतिशत), पुल तर्फ आठ करोड ७४ लाख ५० हजार ८५० रुपियाँ(८७.५२ प्रतिशत), भवन तर्फ ३३ लाख ७७ हजार ३८० रुपियाँ(६१.४१ प्रतिशत) र अन्य ४९ लाख ५० हजार रुपियाँ(६५.९९ प्रतिशत) प्रगति गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८१ - २०:५६
काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...
माघ २५ गते, २०८१ - २०:४८
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...
माघ २५ गते, २०८१ - २०:२१
काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...
माघ २५ गते, २०८१ - २०:१६
गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...
माघ २५ गते, २०८१ - २०:००
काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...
माघ २५ गते, २०८१ - १९:५३
चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...
माघ २५ गते, २०८१ - १९:४९
चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...
माघ २५ गते, २०८१ - १९:४४
खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...
माघ २५ गते, २०८१ - १९:४०
दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...
माघ २५ गते, २०८१ - १९:३४
नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...
प्रतिकृया लेख्नुहोस्: