Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्याङ्जामा एकै वर्षमा ४३.२ किलो मिटर सडक कालोपत्रे र ढलान

खबरडबली संवाददाता

स्याङ्जा । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा किमी ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो । 

यहाँको नागँडाडाँ– कार्कीनेटा दोस्रो खण्ड सडक ९.५ किमी, मिर्दी क्याक्मी भिमाद सडक १० किमी, हेलु अर्जुन चौपारी सडक ६.२ किमी कालेपत्रे गरिएको छ । यस्तै देविस्थान लामडाडाँ पोखरी कुसेचौर १.५ किमी, सेतिदोभान बरबोटर साधना सडक र सर्केटारी दामगाडे सडक सात/सात सय मिटर, भुम्रेचोक सडक छ सय मिटर, बिरेन्द्र नगर देविस्थान र ढडुवा ठुलाडिही सडक पाचँ-पाचँ सय मिटर गरी ३०.२ किमी कालोपत्रे गरेको कालोपत्रे भएको हो । 

यस्तै बहुवर्षिय सडक अन्र्तगत दामाचौर हिलामराङ सडक पाचँ किमी, शुक्लागण्डकी–चिसापानी सडक तीन किमी, मर्तमास लोलुङ्गा सडक १.२ किमी, दिमीक फाट कृषि सडक पाचँ सय मिटर, आमडाली थापाडाडाँ सड तीन सय मिटर सहित साना ढलान गरी १३ किमी ढलान पूर्वाधारले गरेको हो । गत वर्ष समेत ४२ किमी कालोपत्रे गरेको पूर्वाधारले आगामी आवमा धेरै सडक कालोपत्रे हुने पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । 

यहाँ एक निर्वाचन क्षेत्र एक कृषि सडक, एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सड गरेर एक दर्जन बहुवर्षिय योजना सम्झौता गरेर काम अगाडि बढाइएको छ भने चार वटा ठुला सडक कालोपत्रेको तयारीमा छन् । 

पूर्वाधारले आव ०८०-८१ मा कटुजे बडौचौर फलामे पुल(फेदिखोला) र केवरेखोला ढाडँ झोलुङ्गे पुल)अर्जुन चौपारी) गरी दुई झोलुङ्गे पुल बनाएको छ । यस्तै गैरीघाट र रातोखोला मोटरेबल पुल (बिरुवा) राक्सेखोला (गल्याङ्ग), सिङहाले र पौवेखोला (पुतलीबजार), सेतिखोला मोटरेबल पुल )फेदिखोलामा गरी छ वटा निर्माण पूर्वाधारले तिब्र रुपमा अगाडि बढाएको छ । 

पूर्वाधार विकास कार्यालय स्याङ्जाले आब ०८०-८१ मा पुजीँगततर्फ एक अर्ब ११ करोड छ लाख ७७ हजार ९१० रुपियाँ(८०.५८ प्रतिशत) खर्च गरेको छ । पूर्वाधारले सडक तर्फ एक अर्ब एक करोड ४९ लाख एक सय(८०.२१ प्रतिशत), पुल तर्फ आठ करोड ७४ लाख ५० हजार ८५० रुपियाँ(८७.५२ प्रतिशत), भवन तर्फ ३३ लाख ७७ हजार ३८० रुपियाँ(६१.४१ प्रतिशत) र अन्य ४९ लाख ५० हजार रुपियाँ(६५.९९ प्रतिशत) प्रगति गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending