Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा ३ सय ८३ घर डुबानमा परेका छन् । २ सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय १५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार १ सय १२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले भने-उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।  सामाजिक सञ्जा...

बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।  दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ ...

नेपालविरुद्ध बंगलादेशको २-१ को अग्रता

काठमाडौं । बंगलादेशले नेपालविरुद्ध फेरी अग्रता लिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको...

सल्यानमा गुडिरहेको फोर्स गाडीमा आगलागी

सल्यान । बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बु...

साफ च्याम्पियनसिप: नेपाल र बंगलादेशकाे बराबरी गाेल

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेश र नेपालले एक/एक गाेल गरेका छन् । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् ।  यता नेपाल...

साफ महिला च्याम्पियनसिप: सुरु भयो दोस्रो हाफको खेल

काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत उपाधिका नेपाल र बंगलादेशबिचको खेलको दोस्रो हाफ सुरु भएको छ । बराबरी अवस्थामा रहेको खेलमा नेपाली चेली...

फाइनलको पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिल...

जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला...

चोरीको मोटरसाइकलसहित एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा आउनेमा...

सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy