काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।
देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी बिकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।
को हुन् राज्यमन्त्री चौधरी ?
नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए ।
२२ बर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा लोकप्रिय सांसदका रुपमा चिनिन्छन् । राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हाे भने जनताकाे मन जित्न सकिन्छ र अबसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदारहण हुन्, चाैधरी ।
उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यसपटक पनि निर्वाचित हुन सकेनन् ।
उनी भन्छन्, `हारजित मेरो लागि ठुलो कुरा हैन्, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन्, म मेरो समाज परिवर्तन गर्ने, बिकास गर्ने र सम्बृद्व बनाउने आन्दोलनमा अन्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिकाे इमान्दारीता र समाजप्रतिको जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमाेदन गरेर नागरिकहरुले यहाँसम्म ल्याउनु भएको छ ।´
समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् । `मेरो लागि मन्त्री बन्नु ठुलो कुरा हैन् । तर, हिजो आम नागरिक भएर, एउटा अभियान्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मानोभावना, चाहाना र आकांक्षा सँगसँगै राज्यको समग्र बिकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीको कुर्सिमा बसेर मैले मेरो अधिकार र प्रचलित कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै इमान्दार पुर्वक आम जनताका पक्षमा वफदार भएर अधिकतम् काम गर्नेछु ।´
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: