Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबी

खबरडबली संवाददाता

काठमाडौं । इरानमा हत्या गरिएका हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ । बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई महिना अघि नै बम राखिएको अमेरिकी मिडिया सीएनएनले आफ्नो स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ । 

इरान र हमास दुवैले इस्माइलको हत्यामा इजरायलको योजना रहेको जिकिर गरेपनि इजरायलले यस विषयमा न त अस्वीकार नै गरेको न त खण्डन नै गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।

हमासका राजनीतिक चेहेरा रहेका इस्माइलको हत्यापछि इजरायल र हमासको जारी युद्ध अर्को चरणमा पुग्ने अनुमान गरिएको छ । इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि इजरायल सतर्क अवस्थामा रहेको छ भने अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा इजरायललाई पूर्ण साथ दिने घोषणा गरिसकेको छ । 

यसअघि इस्माइलको हत्या रकेट प्रहारबाट भएको भनिएपनि मिडिया रिपोर्टमा दुई महिना अघि नै गेस्ट हाउसमा राखिएको बम विष्फोटबाट भएको दाबि गरिएको छ । इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा भिरबाट लडेर एककाे मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।  कैलाश गाउँपालिका –२ छ्या...

गत आर्थिक वर्षकाे चार अर्ब त्रिहत्तर करोड कर फिर्ता

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...

कैलालीमा खैरो हेरोईनसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...

हिरासतमुक्त भए कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

काठमाडाैं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा पुगेक...

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...

दश युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy