Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

छुरा आक्रमणलाई लिएर इंग्ल्यान्डको सन्डरल्यान्डमा हुलदंगा

खबरडबली संवाददाता

एजेन्सी । उत्तरपूर्वी इंग्ल्यान्डको सन्डरल्यान्डमा शुक्रबार साँझ भएको हुलदंगामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ । यस साताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदंगा भएको हो । 

घन्टौँको हुलदंगापछि आठजनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताए । बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्यान्डमको सिटी सेन्टरमा सयौँको भिडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ । 

‘हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्,’ ब्यारनले भने, ‘अव्यवस्था, हिंसा र क्षति सहन गरिनेछैन । पक्राउ परेका आठजनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ उनले भने ।

त्यहाँ भएका घटनाको जवाफमा आन्तरिकमन्त्री यभेट कुपरले दंगाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए । ‘उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्,’ कुपरले भने । 
यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सिसाइड प्रहरीले बताएको थियो ।

प्रधानमन्त्री किर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जोकोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टो...

प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एव...

ग्वार्को फ्लाई ओभरको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् ।  चक्रपथम...

यस वर्षको मनसुन प्रणाली देशभर फैलियो

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जना...

पर्साकाे एक नगरपालिकाका प्रशासकीय अधिकृत श्रीवास्तव सहित दुई जना पक्राउ

पर्सा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमा...

सिराहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिराहा । हुलाकी राजमार्गअन्तर्गत सिराहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । सिराहा नगरपालिका– १८ स्थित हुल...

लमजुङको बेँसीसहर-चामे सडकखण्ड पहिराेकाे कारण अवरुद्ध

लमजुङ । लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बि...

विपद् पूर्वतयारीमा ध्यान दिन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधि...

इरानले ‘ठुलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

जेरुसेलम । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्या...

म्यानमारकी नेत्री आङ सान सुकीको ८० औँ जन्मदिन जेलमै

याङगुन । म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छिन् । हिरासतमा उनले आफ्नो बाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending