Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

धरान खानेपानी बोर्डमा तालाबन्दी

खबरडबली संवाददाता

धरान । धरानको खानेपानी महसुल शुल्क अत्यधिक वृद्धि गरेको विरुद्ध खानेपानी बोर्डमा धरानको १० दलले तालाबन्दी गरेको छ । खानेपानी महसुल तथा शुल्क वृद्धिविरुद्ध १० दलीय संयुक्त सङ्घर्ष समिति गठन गरी गत साउन ११ गते मौन जुलुस निकाली खानेपानी बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिए पनि हालसम्म केही सुनुवाइ नभएकोले आइतबार सङ्घर्ष समितिले भोलि (सोमबार) १० बजेसम्म वार्तामा आउन आग्रह गर्दै खानेपानी बोर्डमा तालाबन्दी गरेको छ । 

सङ्घर्ष समितिको आह्वानमा धरान १ सिंहदेवी चोकदेखि छाताचोक हुँदै खानेपानी बोर्डसम्म खानेपानी महसुल वृद्धिविरुद्ध विरोध गर्दै “जनता ठग्न र मार्न पाइँदैन”, “खानेपानी बोर्डको हिसाब किताब सार्वजनिक गर”, “जनविरोधी निर्णय खारेज गर”, “जनता लुट्न बन्द गर”, “नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर” लगायतको प्ले कार्डसहित सयौंको सङ्ख्यामा नागरिकहरुले नाराबाजी गरेको थियो । 

करिब एक दशक जति जनताको घरदैलोमा पुगेर जनताको सेवा गर्छु भन्दै धरानको मुख्य समस्या खानेपानीको समस्या समाधान गर्ने र जनताको अन्य हरेक समस्याबारे आवाज उठाउँदै विरोध गर्दै आएका नगरप्रमुख राई आज जनताले नगरप्रमुख बनाएपछि जनताको नै ढाड सेक्ने गरी खानेपानी महसुलमा वृद्धि गरेको भन्दै १० दलले करिब १० दिनदेखि आन्दोलन गरेको हो । 

धरानमा खानेपानीको समस्या निकै ठुलो चुनौतीको रूपमा  छ । यस खानेपानी समस्याको आंशिक रूपमा भए पनि हल गर्नको लागि नेपाल सरकार, एसियाली विकास बैंक र धरान उपमहानगर पालिकाको संयुक्त लगानीमा पुनर्निर्माण तथा विस्तारको कार्य भई नेपाल सरकार र एसियाली विकास बैङ्कको सम्झौता अनुसार धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भई नेपाल खानेपानी संस्थान धरान शाखालाई बोर्डमा गाभ्ने प्रक्रिया पूरा भई हाल धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत खानेपानीको व्यवस्थापन कार्यमै रही धरान खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार सञ्चालन भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: