Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

सर्लाहीमा बोलबम यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–१२, गम्हरियामा आइतबार बोलबमका तिर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृतक ४५ वर्षीय पतही देवीका छोरीसहित चार जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी जोगिन्द्र मण्डलकी श्रीमती ४५ वर्षीया पतही देवीको उपचारको क्रममा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा पतही देवीकी छोरी ११ वर्षीया अंशु कुमारीसहित चक्रघट्टा गाउँपालिका–५, पडरियाकै २६ वर्षीया शान्ति देवी, उनकी छोरी नौ वर्षीया सुस्मिता कुमारी र ४० वर्षीया गीता देवी घाइते भएका हुन् । चारै जना घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । 

भारतको मढियास्थित मन्दिरमा जल चढाएर फर्किएका तिर्थयात्री बोकेर चक्रघट्टा गाउँपालिका–५, पडरियातर्फ जाँदै गरेको ज २ त ३२७ नम्बरको ट्याक्टर आइतबार बिहान ११ बजेतिर गम्हरिया छेउको नहरमा खसेर दुर्घटना भएको हो । ट्याक्टर नियन्त्रण गुमाएर भरी पानी रहेको नहरमा खसेको प्रहरीले जनाएको छ । 

ट्याक्टरमा २५ जना तिर्थयात्री सवार रहेकोमा अन्य सकुशल रहेका छन् । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैंमा हिटर ताप्ने क्रममा ग्यास लिक भएर आगलागी

काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...

सर्लाहीकाे बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...

निजामती कर्मचारीको मनपरी हुने सरुवा र बढुवा रोक्न स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...

धनुषाकाे मिथिला बिहारीमा बोराभित्र शव भेटियो

जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...

माेरङकाे एक कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाखभन्दा बढीकाे क्षति

मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...

छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...

असदको पतन रुसका लागि ‘पराजय’ होइन:पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...

यो वर्षकाे हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ ।  मौसमविद् स...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy