फिजी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुगेकी छिन् । राष्ट्रपति मुर्मू उनका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुगेकी हुन् ।
फिजीमा रहँदा उनले फिजीका समकक्षी काटोनिभेरे र प्रधानमन्त्री सिटिभेनी राबुकासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अगष्ट ५–६ को फिजी भ्रमणपछि उनि न्युजिल्यान्ड र टिमोरको लेस्टी भ्रमण गर्ने कार्यक्रम रहेको छ । फिजीमा राष्ट्रपति मुर्मूले त्यहाँको संसदलाई सम्बोधन गर्ने र प्रवासी भारतीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो चरणमा राष्ट्रपति मुर्मु न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोको निमन्त्रणामा अगस्ट ७ देखि ९ सम्म न्युजिल्यान्डको भ्रमण गर्नेछिन् । न्युजिल्यान्ड भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठक तथा भेटवार्ता गर्ने कार्यक्रम छ । न्युजिल्यान्डमा राष्ट्रपति मुर्मूले शैक्षिक सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणको अन्तिम चरणमा, राष्ट्रपति मुर्मुले टिमोर लेस्टीका राष्ट्रपति जोस रामोस–होर्टाको निमन्त्रणामा तिमोर लेस्टीको यात्रा हुनेछ । उनले टिमोर लेस्टीका प्रधानमन्त्री जानाना गुस्माओसँग पनि भेटवार्ता गर्नेछिन् ।
राष्ट्रपति मुर्मुको फिजी, न्युजिल्यान्ड र तिमोर–लेस्टीको भ्रमणले ती देशहरूसँगको द्विपक्षीय सम्बन्धमा भारतले दिएकोे महत्त्वलाई जोड दिने र प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षअघि नवौँ पूर्वी एसिया शिखर सम्मेलनमा घोषणा गरेको ‘एक्ट इस्ट’ नीतिमा केन्द्रित रहने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: