Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

काभा महिला नेसन्स लिगको उपाधि भारतले जित्याे

खबरडबली संवाददाता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको हो । 

घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत  बाधक बनेको हो । अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो । नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनै पनि उपाधि जित्ने मौका पाएको थियो । 

तर भारतले पाँचौँ सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो । यसअघि लिग चरणको खेलमा नेपाले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक थियो । फाइनलमा भारतले नेपालसँग लिग चरणमा खेपेको हारको बदला समेत लियो । 

नेपालले मङ्गलबार भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको थियो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

यता भारतले सेमिफाइनलमा  श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले श्रीलङ्कामाथि २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो । पाँच टोली सहभागी प्रतियोगितामा इरान तेस्रो भयो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । 

इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६ , २५–१७ को नतिजा निकालेको थियो । पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणका सबै खेलमा हार खेप्दै बाहिरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।  ...

टर्कीको होटलमा आगलागीमा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्र...

गुल्मीबाट बसको ढोकाबाट खसेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु...

यातायात कार्यालय गाईघाटको राजश्व ५ करोड बढी

उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४...

सिराहाकाे भवरी मेलाबाट पेस्तोलसहित दुई पक्राउ

सिराहा । सिराहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।  मेलामा झगडा ...

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् ...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट ...

चालु आवकाे अर्धवार्षिक समीक्षा: वैदेशिक व्यापार घाटा उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर...

अर्घाखाँचीमा हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।  पछिल्लो समय युवाहरू वि...

अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टीले हस्तक्षेप नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy