गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बिचमा सहकार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।”
उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भने । “मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबिचमा सहकार्य भएको थियो”, उनले भने, “मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।”
वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनुहुँदैन भने । उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । उनले भने, “लोकतन्त्र र गणतन्त्र ल्याउन संघर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुन्छ, यसतर्फ हामीसचेत बन्नुपर्छ ।”
मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भने । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८२ - १९:०८
कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलन...
आषाढ़ १० गते, २०८२ - १९:०१
काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...
आषाढ़ १० गते, २०८२ - १८:५८
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...
आषाढ़ १० गते, २०८२ - १८:५४
गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...
आषाढ़ १० गते, २०८२ - १८:५१
धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...
आषाढ़ १० गते, २०८२ - १८:४७
माेरङ । मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रङ्गेली नगरपालि...
आषाढ़ १० गते, २०८२ - १८:४४
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...
आषाढ़ १० गते, २०८२ - १८:४१
ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...
आषाढ़ १० गते, २०८२ - १८:३८
सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...
आषाढ़ १० गते, २०८२ - १८:३५
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...
प्रतिकृया लेख्नुहोस्: