Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सल्यानमा धान बालीमा खपटे किराको प्रकोप

खबरडबली संवाददाता

सल्यान । सल्यानमा धान बालीमा किराको प्रकोप देखिएको छ । जिल्लाका श्रीनगर, जोगिदेउखोला, रेशमज्युला, स्यालापानी, चैबाङज्युला, दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो । किराको प्रकोपका कारण अहिले पाँच सय बढी किसान प्रभावित भएका छन् ।

शारदा नगरपालिकाका किसान नविना बस्नेतले खेतमा भएको धान किराले नष्ट पार्न थालेको बताए । ‘यस्तो प्रकोप गत वर्ष अलिअलि थियो, यो वर्ष त जताततै यस्तै प्रकोप देखिएको छ, धान सबै किराले खाएर सखाप पारेको छ, भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्न थालेको छ’ उनले भने ।

धान रोपेको झण्डै एक महिनामा नै धानमा किराको प्रकोप देखिएको  अर्का किसान गोपाल नेपालीले बताए । धान जोगाउन विषादी प्रयोग गरिरहेको भए पनि उल्लेख्य रुपमा सुधार हुन नसकेको उनको भनाइ छ । किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका किसानले एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । अहिलेसम्म यी दुई पालिकाको धेरै स्थानमा किराको प्रकोप देखिए पनि अहिलेसम्म खासै क्षति भने नभएको कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीले जानकारी दिए ।

खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै जाने र वयस्क किराले धानको टुप्पा खाएर क्षति पुर्‍याउने उनको भनाइ छ । किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई विषादी उपलब्ध गराएको घर्तीको भनाइ छ । किराको प्रकोप महामारीकै रुपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने जनाइएको छ । जिल्लामा ६ हजार २९ हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending