Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

संसदीय विशेष समितिले सुमेरु सहकारीका राजबहादुर सिंहसँग लियो बयान

खबरडबली संवाददाता

काठमाडौं, सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।

ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो।

बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताएको समिति सभापति सूर्य थापाले बताए।

‘उहाँले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनस् सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराउनुभयो,’ थापाले भने।

सिंह सोही सहकारी संस्थाका शेयर सदस्य हुन्। ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानुनी परामर्शमा थिए।

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका हुन्।

भरतको पुल्चोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित उनी सक्रिय छन्।

उक्त सहकारी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ।

ब्युरोका अधिकृतहरूका अनुसार पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ। सो सहकारीका कोही पनि पक्राउ परेका छैनन्।

प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पूर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ।

कालिमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ। त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन्।

बाबु(छोरा र नातेहरू संलग्न दुबै सहकारी डुबेपछि महर्जन परिवारै बेलायत पलायन भएका छन्।

पुल्चोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता छ भने कालिमाटीको सुमेरु काठमाडौं महानगरपालिकामा दर्ता छ।

भरतले स्थापना गरेको पुल्चोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन्। कालिमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन्। यी दुबै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन्।

पुल्चोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ। उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन्।

सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन्।

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरू गरेका थिए।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए। उनले २०६९ सालमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए।

उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्मलगायत काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए।

सहकारीको निक्षेप रकम अन्य कम्पनीहरूमा लगानी गरेकाले महर्जन परिवार सहकारी अपचलनमा फसेका हुन्।

कालिमाटीको सुमेरु सहकारीका ५८ निवेदकमध्ये जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्युरोमा उजुरी दिएको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

‘सबै बचतकर्ताले निवेदन दिए भने र उनीहरूको निक्षेप फिर्ता भएको खण्डमा सरकारी वकिलको कार्यालयमा मिलापत्र गराउन सकिन्छ,’ उनले भने, ‘अन्यथा, ठगी मुद्दा चलिरहन्छ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन

काठमाडौं। ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी का...

६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

काठमाडौ। सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परे...

तीनकुने अन्दोलनका घाइतेको नि:शुल्क उपचार गराएको तीन अस्पतालले मागे ३९ लाख रकम

काठमाडौँ। तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले  ३९ लाख भन्दा बढी रकम माग गरेका छन् ।  विसं। २०...

इजरायल र इरानबाट फर्कन चाहने नेपालीको उद्धारको तयारीमा छौँ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा.। आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल स...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ...

देशभर फैलियो मनसुन प्रणाली

काठमाडौं। यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाए...

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर-१ दोबाजमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्...

मैले अग्रसरता नलिएको भए जाजरकोट भूकम्पमा उद्धार प्रभावकारी हुन्थेन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अ...

रौतहटमा अबैध ४५ लाखको समानसहित ट्रक बरामद

रौतहट । रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गौर र इलाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending