हुम्ला । जिल्लाभर कर्णाली करिडोर र आन्तरिक सडकमा राती आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरु चलाउन नपाइने भएकाे छ ।
सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातीको समयमा यातायात सेवा बन्द गरेको हो । हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आएका चालक पुरन रावतले रातीको समयमा सडक बन्द गरिएको बताए ।
यसबाट यात्रु तथा चालकलाई केही असुविधा भएपनि सुरक्षाका लागि पनि यो नियम अति उपयुक्त भएको उनले बताए । उनले हिल्साबाट सिमकोटसम्म चार स्थानमा सुरक्षा चौकी भएको र प्रत्येक स्थानमा साँझको आठ बजेभित्र यातायातका साधन कटी सक्नु पर्ने बताए । सडकमा नयाँ नियमले गर्दा चालकहरु पनि गन्तव्यमा पुग्नका लागि चनाखो हुनुपर्ने अवस्था आएकोले जिल्लाको सडकको अवस्था हेर्दा राती यातायातका साधन सञ्चालन गर्न नदिनु मनासिव भएको उनले बताए ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले जिल्लाभित्रका सबै सडकमा राती आठ बजेपछि यातायात सेवा सञ्चालनमा रोक लगाइएको बताए । यसरी रातभर सञ्चालनमा रोक लगाइएका यातायातका साधन बिहान साँढे पाँच बजेपछि मात्र सञ्चालनमा आउने गरेका छन् । स्थानीय प्रशासनको समन्वयमा रातीको समयमा यातायात सञ्चालनमा रोक लगाइएपछि हुन सक्ने दुर्घटनाको जोखिमबाट सबै सुरक्षित रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
प्रतिकृया लेख्नुहोस्: