काठमाडौं । साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति ८ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए ।
सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो ।
साउनमा हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठुलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयंसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ । बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरू पनि सहभागी हुने गर्दछन् ।
आज बिहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे । कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेको जानकारी दिए ।
उनका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरूले आज स्वागत गर्नुका साथै भगवान् पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिएका थिए ।
बागमती नदी किनारामा रहेको पवित्र तीर्थस्थलमध्येको एक भगवान् पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको भारतीय विदेश सचिव मिस्रीले बताएका थिए । उनले भने, 'यो पवित्र स्थल सांस्कृतिक एवं आध्यात्मिक हिसाबले नेपाल र भारतबिचको मित्रवत् सम्बन्धको कडी पनि हो ।'
भारतीय विदेश सचिव मिस्री आज साँझ स्वदेश फर्किसकेका छन् । आइतबार बिहान नेपाल आइपुगेका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८२ - २०:३९
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।भारततर्फका स्थानीयले अतिक्रमण गरेर...
आषाढ़ २३ गते, २०८२ - २०:३७
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका– ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन् भने सयौं भेडा मरेका छन् । ठुलोहाँकामा ग...
आषाढ़ २३ गते, २०८२ - २०:२६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेक...
आषाढ़ २३ गते, २०८२ - १९:५३
काठमाडाैं । सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी युनुस अन्सारी कारागार चलान भएका छन् । धरौटी रकम नबुझाउँदा अन्सारी कारागार चलान भएका हुन् । सम्पत्...
आषाढ़ २३ गते, २०८२ - १९:४९
कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा ...
आषाढ़ २३ गते, २०८२ - १९:४४
काठमाडाैं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक...
आषाढ़ २३ गते, २०८२ - १९:४१
उदयपुर । माध्यमिक परीक्षा शिक्षा (एसइई)मा उदयपुर जिल्लाका छवटा सामुदायिक विद्यालयले शत प्रतिशत नजिता ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इका...
आषाढ़ २३ गते, २०८२ - १९:३७
काठमाडाैं । शान्तिका अग्रदुत गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत ...
आषाढ़ २३ गते, २०८२ - १९:३४
जनकपुर । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुष...
आषाढ़ २३ गते, २०८२ - १९:३१
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गरेपछि चीनले सोमबार ब्राजिल, रुस र भारतसमेत समाव...
प्रतिकृया लेख्नुहोस्: