काबुल । तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो ।
सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै चेकपोष्ट निर्माणलाई लिएर पाकिस्तान र अफगानिस्तानका सेनाबीच नियमित झडप भइरहेको छ ।
“पाकिस्तानी सेनाले सर्वसाधारणको घरलाई निशाना बनाएर आक्रमण गर्दा एक महिला र दुई बच्चाको हत्या गरेको छ”, आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत भने ।
अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ला ख्वाराजमीले भने,“यो झडप पाकिस्तानीहरूले सुरु गरेका हुन् । जब हाम्रो सेनाले तोरखाम सीमामा रहेको काल्पनिक डुरान्ड रेखामा चौकी निर्माण गर्ने प्रयास गरिरहेको थियो तब पाकिस्तानी सैनिकहरूले हाम्रो सेनामाथि गोली प्रहार गरेका हुन् र हाम्रो सेनाले उक्त प्रहारको जबाफ दिँदा यो झडप भएको हो ।”
तोरखाममा पाकिस्तानतर्फका एकजना सीमा अधिकारीले झडपमा तीनजना पाकिस्तानी सैनिक घाइते भएको बताए ।
पाकिस्तानी अधिकारीहरूले तीनजना अफगानी नागरिक मारिएको आरोपमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीचको सीमा तनाव निरन्तर बढेको छ । झडपमा दुवै पक्षबाट भारी हतियार प्रयोग भएको र तोरखाम सीमा बन्द गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८१ - २०:५६
अछाम । अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् । कमलबजार नगरपालिका- ३ बयलाका तुलासिंह विकका १...
पौष १४ गते, २०८१ - २०:५०
भारत । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रम...
पौष १४ गते, २०८१ - २०:४३
कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ ...
पौष १४ गते, २०८१ - २०:११
एजेन्सी । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकार...
पौष १४ गते, २०८१ - १९:५५
काठमाडौं । सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण ...
पौष १४ गते, २०८१ - १९:४४
म्याग्दी । नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ । दुई वटा स्थानीय तहको अध्यक्ष द...
पौष १४ गते, २०८१ - १९:३८
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मनहरीबाट कैलाश गाउँपालिका...
पौष १४ गते, २०८१ - १९:२५
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् । नेपाल लोकतान्त...
पौष १४ गते, २०८१ - १९:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)...
पौष १४ गते, २०८१ - १८:५७
ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको ...
BREAKING: Video shows crash of Jeju Air Flight 2216 in South Korea. 181 people on board pic.twitter.com/9rQUC0Yxt8
— BNO News (@BNONews) December 29, 2024
प्रतिकृया लेख्नुहोस्: