ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताएकी छिन् ।
‘एनसी वुमन लिडरसिप फोरम’द्वारा आयोजित ‘निर्वाचन प्रणालीमा महिलाहरूको समान सहभागिता: वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक बागमती प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रममा उनले राज्यको हरेक तहमा ५० प्रतिशत महिला सुनिश्चित गर्न समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै सम्भव नहुने धारणा राखिन ।
“नेपाली कांग्रेसले नै महिलालाई राजनीतिमा स्थापित गराउन मुख्य भूमिका निर्वाह गरेको छ, तर पनि निर्णायक तहमा ५० प्रतिशत महिला पुग्न सकेको छैन, दक्षिण एसियामा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी हो, उनलाई नेपाली कांग्रेसले मन्त्री बनाएको थियो”, उनले भनिन्, “२०६२/६३ को जनआन्दोलनमा महिलाको सङ्ख्या बढी थियो, महिलाहरूकै बलमा आन्दोलन सफल भएको थियो । अब प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला हरेक पार्टीमा हुनुपर्छ ।
उनले आन्दोलनमा महिलाको योगदान महत्त्वपूर्ण हुँदाहुँदै नीति निर्माण तहमा महिला नहुँदा अधिकार कार्यान्वयन हुन नसकेको बताइन । महिलाका नामबाट नागरिकता दिने व्यवस्था भए पनि सामाजिक मानसिकताका कारण अंश र वंशमा महिलाको हक अधिकार स्थापित हुन नसकेको उनको भनाइ थियो । पहिलो संविधान सभामा ३४ प्रतिशत महिला प्रतिनिधित्व भएको स्मरण गराउँदै उनले गठबन्धन गरेर निर्वाचनमा जाँदा महिलाको प्रतिनिधित्व र पहुँच घटेको उल्लेख गरिन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले जनताको भावना जित्ने गरी काम गर्न महिला तयार हुनुपर्ने धारणा राखिन । उनले राज्यका हरेक तहमा महिलाको प्रतिनिधित्वका लागि सबै पार्टीका महिला एकजुट हुनुपर्नेमा जोड दिइन । “पार्टीभित्र जनमैत्री दृष्टिकोण र लक्ष्यका साथ क्रियाशील हुनुपर्छ, त्यसपछि हरेक सामाजिक मञ्चहरूमा स्थापित हुनसक्ने क्षमता विकास गर्नुपर्छ, भौतिक पूर्वाधारको विकासले मात्रै महिला नेतृत्व हुनसक्ने होइन, महिलाहरूको आर्थिक समानता, शैक्षिक अवस्थाका मुद्दालाई अगाडि नबढाएसम्म महिलाको प्रतिनिधित्वका लागि पर्याप्त काम हुन सक्दैन”, उनले भनिन ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले संविधानमा प्राप्त राजनीतिक अधिकार अनुसार महिला प्रतिनिधित्व गराउन सहज नभएको बताइन । उनले महिला प्रतिनिधित्व स्थापित गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने बताइन । “मन्त्रिपरिषदमासमेत देशको संविधान र कानुनले निर्धारण गरेअनुसार महिलाको प्रतिनिधित्व छैन, यसका लागि अझै सङ्घर्ष गर्नुपर्छ”, उनले भनिन, “राजनीतिमा स्थापित हुन महिलाले आफूलाई सक्षम बनाउँदै लैजानुपर्छ । महिलाले महिलाको सम्मान गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।”
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले महिलाले महिलालाई राजनीतिक मञ्चमा स्थापित गराउन लाग्नुपर्ने बताइन । “आसन, भाषण र शासनमा महिलालाई स्थापित गराउनुपर्छ, पुरुषभन्दा महिला शक्तिशाली छौँ, ३३ प्रतिशत होइन, अब ५० प्रतिशत प्रतिनिधित्व आवश्यक छ । मूल्याङ्कनको आधारमा महिलालाई राजनीतिमा स्थापित गराउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुन्छ”, उनले भनिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: