काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष प्राप्त गर्न निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनीबाट जनतालाई माथि उठाउन सकिएन भने दिगो विकास लक्ष पुरा हुन नसक्ने बताए । देशमा अहिले पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी उनले बताए ।
वर्षको दुई प्रतिशतका दरले गरिबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरिबी निवारण गर्न नसकिने उनले बताए । त्यसैले नेपालमा गरिबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनको धारणा छ । भविष्यको सुरक्षाको लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले बताए । पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए । ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनु पर्दछ, कि हिमालबाट, कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ’, ओलीले भने ।
त्यस्तै खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले बताए । नेपाल जस्तो उर्वर देश बाँझो बन्नु निक्कै जोखिमपूर्ण रहेको बताउँदै उनले यस्ता कुरामा ध्यान दिनु पर्नेमा स्पष्ट पारे । नेपालका कुनै पनि बालबालिका सडकमा हुनुहुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले एक वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे । त्यसको जिम्मा सरकारले लिने उनले बताए ।
युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको ओलीले बताए । यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई थियाे । यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको ओलीले जानकारी दिए । साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले धारणा राखे ।
केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले बताए । त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ । देशमा जनसङ्ख्या वृद्धिदर घट्नु अर्को जोखिमको सङ्केत भएको ओलीले बताए । ‘धेरै ढिलोमा पनि ५० वर्ष पछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ’, ओलीले भने ।
उमेर भएका युवा युवती विदेश बस्नाले पनि जनसङ्ख्या घट्दै गएको ओलीले बताए । उनले २०/३० वर्षबीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिए । भविष्य बनाउनको लागि बहकिएर होइन यथार्थमा आउन ओलीले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: