एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ ।
सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ । बुरहान वार्ताको सुरुआतमा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीधै टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहोर्याएका थिए । ब्लिन्केनले दुवै पक्षले युद्ध अन्त्य गर्न र पीडित लाखौं सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न ‘तत्काल आवश्यकता’ रहेको बताएको अमेरिकी प्रवक्ता पटेलले बताए ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले उद्घाटन सत्रपछि भने, “अब बन्दूक बन्द गर्ने उपयुक्त समय आएको छ ।” १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्याण्डको अज्ञात स्थानमा बन्द कोठामा भइरहेको छ । आरएसएफको प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सशस्त्र बल (एसएएफ) वासिङ्टनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ ।
सुडानी सञ्चार मन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिङ्टनले संयुक्त अरब इमिरेट्स (युएई) लाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सरकारले कुनै पनि नयाँ पर्यवेक्षक वा सहभागीलाई अस्वीकार गर्ने बताएका थिए । सुडानी सेनाले संयुक्त अरब इमिरेट्स (युएई) ले आरएसएफलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: