खोटाङ । अविरल वर्षाका कारण खोटाङमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । घरभन्दा तलबाट पहिरो गएपछि केपिलासगढी गाउँपालिका–७ सुंदेलका शारदा राई र बिर्तमान राईको परिवार विस्थापित भएका हुन् ।
घरभन्दा तलबाट पहिरोले तानेर जमिन बग्न थालेपछि शारदाको पाँच जनाको परिवार विस्थापित भएका छन् । हाल शारदा दुई छोरा र दुई छोरीसहित करिब एक घण्टामाथि डेरामा सरेको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिए । पहिरोले घर बगाउन थालेपछि शारदाको परिवार घरको जस्ता र काठ निकालेर डेरामा सरेका हुन् । श्रीमान रनकेसर राईले आत्महत्या गरेपछि शारदा छोराछोरी सहित घर सम्हाल्दै आएकी छिन् ।
महिला स्वास्थ्य स्वयंसेविका निर्मला राईका अनुसार तीन वर्ष अघिदेखि लच्किन थालेको जमिन यसपल्टको वर्षाले पहिरोको रुपमा बग्न थालेको हो । पहिरोले तान्न थालेपछि बिर्तमानको परिवार गत वर्ष नै विस्थापित भएका थिए । घरमा बस्ने अवस्था नभएपछि भूकम्प पुःननिर्माण अन्तर्गत बनाइएको घरमा सरेको बताइएको छ । पहिरोले दुःख दिन थालेपछि शारदाले पनि गत हिउँदमा डेरा बनाएका थिए ।
सुंदेल त्यही ठाउँ हो जहाँ २०५९ साल असार २९ गतेको पहिरोमा ४२ जनाले ज्यान गुमाएका थिए । त्योबेला दिप्सुङका दुई जनालाई पनि पहिरोले बेपत्ता बनाएको थियो । यस्तै, सडकको भित्ताबाट सुरु भएको पहिरोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा दुई घर जोखिममा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: