Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

भदाैकाे दाेस्राे हप्ता एकीकृत समाजवादीकाे केन्द्रीय कमिटी बैठक बस्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते बिहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका हुन् । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए । 

गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरूले बताएका छन् । 

अहिले पछिल्ला दिनमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तीव्र रहेको छ । यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । 

दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ । पार्टी एकताको चर्चाका बीच एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा ङिमदोर्जी शेर्पा पर्यटन सडककाे उद्घाटन

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु  गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा ...

सर्लाहीमा एक इँटा व्यवसायीको शव फेला

सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।...

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।  चार छोराछोरी तथा पाँच न...

खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा

उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...

प्रेस सेन्टर कालीकोटमा आचार्यको नेतृत्वमा सर्वसम्मत कार्यसमिति

कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...

इजरायली हमलामा गाजा क्षेत्रमा ३० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।  ...

आज राति भूतप उल्का वर्षा

काठमाडौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) ना...

गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित

धनगढी । छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको ...

संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन हुँदैन: सञ्चारमन्त्री गुरुङ

पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताएका छन् । उनले संघीयता, धर्म निरप...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy