Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी

खबरडबली संवाददाता

मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नरले बताएका छन् । 

“रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटार्स्कमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो”, गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, “स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेनमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटार्स्कमा औद्योगिक सुविधामा अग्नि नियन्त्रण निलम्बित गरिएको थियो ।”

पछि उनले आक्रमणमा कोही पनि घाइते नभएको र आगो निभाउने प्रयास केही बेरपछि पुनः सुरु भएको बताए । प्रोलेटार्स्क युक्रेनी सीमाबाट करिब दुई सय ५० किलोमिटर र युक्रेनी सीमामा लडिरहेका किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब तीन सय ५० किलोमिटर टाढा छ । रुसी रक्षा मन्त्रालयले रातभरमा ‘विमान–प्रकार’ का पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । ती ड्रोनमध्ये दुई वटा रोस्तोभ क्षेत्रमा थिए । 

सन् २०२२ मा द्वन्द्व सुरु भएयता किएभले आफ्नो सीमाहरूबाट करिब सयौँ किलोमिटर टाढा रुसमा तेल र ग्यास सुविधाहरूमा बारम्बार निशाना बनाएको छ । यसलाई युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमणको ‘उचित’ प्रतिशोध भनेको छ । यसै महिनाको प्रारम्भमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेकामा आफ्ना सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वलाई ‘उचित अन्त्य’ गर्न मद्दत पुग्ने बताएका थिए । 

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमापार आक्रमण गरेपछि ड्रोन आक्रमणहरू भएका हुन् । युक्रेनले कुर्स्क क्षेत्रमा ८० भन्दा धेरै बस्ती नियन्त्रण गरेको दाबी गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE