Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रुसमाथि युक्रेनको रणनीतिक आक्रमण, दोस्रो पुल ध्वस्त गरेको दाबी

खबरडबली संवाददाता

काठमाडौँ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा अहिले पहिलो पटक पुगेको छ । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति रहेको छ ।

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुसले पूर्वी युक्रेनका क्षेत्रहरूमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । यसैक्रममा युक्रेनी सेनाले रणनीतिक रुपमा रुसको कुर्स्क क्षेत्रमा कब्जा गर्न शुरु गरेपछि रुस-युक्रेन युद्धको परिदृश्य बदलिने विश्लेषण गर्न थालिएको छ । त्यसयता रुसले आफ्ना हजारौं नागरिकलाई यस क्षेत्रबाट बाहिर निकालेको छ ।

युक्रेनी वायुसेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकले आक्रमणको भिडियो जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, 'अर्को पुल ध्वस्त भएको छ ।'

युक्रेनी सेनाको भिडियोमा पुलमाथि धुवाँको ठूलो मुस्लो र यसको केही भाग ध्वस्त भएको देखाइएको छ । यद्यपि यो आक्रमण कहिले भएको हो भन्ने खुलाइएको छैन ।

आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कमा सैन्य घुसपैठको उद्देश्य रुसी आक्रमणलाई रोक्न ‘बफर जोन’ बनाउनु रहेको बताएका छन् । युक्रेनले ध्वस्त गरेको यस पुलबाट रुसले त्यो आफ्ना सेनाहरूलाई आपूर्ति गर्न प्रयोग गर्ने गरेको बताइएको छ ।

यसअघि, युक्रेनी सैन्य विश्लेषकहरूले यस क्षेत्रमा तीनवटा त्यस्ता पुलहरू पहिचान गरेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुईवटा पुल या त ध्वस्त भएका छन् वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । युक्रेनी सेनाले रुसी सीमाभित्र रहेको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको झण्डै दुई सातापछि उनीहरु यहाँ बस्ने योजनामा ​​रहेको स्पष्ट हुँदै आएको छ ।

जेलेन्स्कीले युक्रेनमा थप रुसी आक्रमणहरू रोक्न कुर्स्क आक्रमणमा बफर जोन सिर्जना गर्ने उद्देश्य रहेको स्पष्ट गरेका छन् । अर्को तर्फ रुसले यो घुसपैठलाई उत्तेजक भन्दै यसको उचित जवाफ दिने बताएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयर बालेन २ हप्तापछि काठमाडौँ महानगरको जिम्मेवारी छोड्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...

निर्वाचनअघि मेयर पदबाट बालेनले दिनुपर्छ राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...

समानुपातिकतर्फको बन्द सूची पेस गर्ने तयारी पूरा, आजदेखि दलले आयोगमा सूची बुझाउने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...

मोरङमा गाँजासहित दुई भारतीय पक्राउ, नियन्त्रणका लागि हवाई फायर

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending