Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चाँगुनारायणको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

खबरडबली संवाददाता

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न रातिदेखि नै भक्तजनको घुइँचो लागेको हो। मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने जानकारी दिँदै उनले मेलाका लागि आवश्यक तयारी र व्यवस्थापन आइतबार नै सम्पन्न गरी दर्शनार्थीलाई सहज रूपमा स्नान एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो कथन रहेको बताउँदै उनले भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ । जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फर्ने कार्य गरेका छन् ।

वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए ।

महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले मेलाका लागि आउने दर्शनार्थीको सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नगरप्रहरी तथा अन्य व्यवस्थापनका लागि स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने गरेको बताए ।

रत्नचुडेश्वर मन्दिर प्राङ्गणमा गत साउन ६ गतेदेखि श्रावणी महिनाको अवसर पारेर अति रुद्रीसहित शिव सहस्र नाम पूजन महोत्सव आयोजना भइरहेको र भदौ ४ गतेसम्म उक्त पूजन हुने महायज्ञका गुरु दीपक सापकोटाले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending