वार्सा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुगेका छन् । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनि पोल्यान्ड पुगेका हुन् ।
युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । साथै उनि ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुन् । पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो ।
मोदीले बिहीबार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने अपेक्षा गरिएको छ । उनको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भने, “पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।”
मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीन विरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाएका छन् । उनको सरकार युक्रेनमा रुसको सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा उसले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।
पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले भने, “एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।” किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्नुहुने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्नुहुने’ विज्ञप्तिमा उल्लेख छ ।
सोमबार जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताए । जुलाईमा रुसले युक्रेनका धेरै सहरमा आक्रमण गरेको केही घन्टापछि मोदीले मस्कोको भ्रमण गरेका थिए । आफ्नो निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अङ्कमाल गर्दै फोटो खिचेका थिए । जेलेन्स्कीले यसको निन्दा गरेका थिए ।
मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गरेका थिए । दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान सुरु गरेको केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गरेका थिए । भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूबाट टाढा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: