Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अमेरिकी राष्ट्रपतीय निर्वाचन : वाल्जद्वारा पार्टीमा औपचारिकरूपमा उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

अमेरिका । डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गरेका छन् । पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनित वाल्जले पार्टीको अधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा उम्मेदवारीको प्रक्रियालाई अगाडि बढाउन सहमति जनाएका हुन् । 

वाल्जले शिकागोमा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने,“संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिका लागि तपाईंको मनोनयन स्वीकार गर्न पाउनु मेरो जीवनको सम्मान हो । हामी यो देशलाई माया गर्छौँ । त्यसैले त हामी सबै आज यति राति यहाँ एउटा सुन्दर र सरल कारणको लागि भेला भएका छौँ ।”
उपराष्ट्रपति पदका लागि तुलनात्मक रूपमा चर्चा नपाएका मिनेसोटाका गभर्नरले डोनाल्ड ट्रम्पविरुद्ध ह्यारिसको बढ्दो अभियानमा शिकागोको युनाइटेड सेन्टरमा गरिएको उनको सम्बोधनले चामत्कारिक मध्यपश्चिमी माहोल ल्याएको छ । 

बिहीबार ह्यारिसको राष्ट्रपतिको उम्मेदवारीले औपचारिकता पाउने भब्य समारोहभन्दा पहिले मञ्च लिँदै, पूर्व शिक्षक तथा राष्ट्रिय सैन्य सुरक्षाअधिकारी वाल्जले एक भाषणमा आफ्नो जीवन कथालाई रेखाङ्कन गरेको र अमेरिकीहरूको स्वतन्त्रताको रक्षा र भविष्यको निर्माणमा ध्यान केन्द्रित गर्न सफल भएको छ । 

डेमोक्र्याटिक पार्टीको अधिवेशन सम्बोधनको १२ औँ सदस्य बनेका भीडलाई खुसी तुल्याएका पूर्वराष्ट्रपति बिल क्लिन्टनले ह्यारिसले वाल्जलाई आफ्नो ‘रनिङ मेट’ को रूपमा चयन गरेर चर्चाको चुलीमा ल्याएको बताएका थिए । क्लिन्टनले भने, “निर्वाचनमा होमिएका दुई जना नेतासँग सबै अमेरिकीका अझै पनि असम्भव जीवनकथाहरू छन् । यो यहाँ मात्र हुन सक्छ ।”

“यदि तपाईंले यो टोलीलाई मतदान गरी निर्वाचित गराए उहाँहरूले निर्वाचनमा मात्र सफलता पाउने नभई यसबाट तपाईंलाई आफ्नो बाँकी जीवनको लागि गर्व गर्ने अवसर मिल्नेछ ।” राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा पुनः निर्वाचनको उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिको उम्मेदवारीमा अघि सारिएका डेमोक्र्याटिक नेता ह्यारिसको अधिवेशनको अन्त्यमा हुने बिहीबारको भाषणका बिषयवस्तुको छनोट र व्यवस्थापन पनि गर्नेछन् । 

मङ्गलबार डेमोक्र्याटिक सुपरस्टार तथा पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेलले बाइडेनको भावनात्मक भाषणपछि बोल्दै राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपतिलाई दिशानिर्देश गर्ने ‘टर्च’ हस्तान्तरण गरेको बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending