Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : सांसद गौतम

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताएका छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उनले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिए । 

कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उनले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताए । “कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको विश्वास र सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, उनले भने । 

नेकपा (एकीकृत समाजवादी) का नेता बेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिए । राजनीतिक दलबिच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट संक्षिप्त रूपमा विधेयक पारित हुन लागेको उल्लेख गर्दै उनले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भने । 

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानी राष्ट्रपतिद्वारा सिरियाबाट इजरायली सेना फिर्ताको आग्रह

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...

हुम्लाकाे हिमालपारिकाे लिमीको जाङ गाउँ मानवविहीन

हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...

घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...

पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए

पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।  ...

शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित

बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...

एन्फा राष्ट्रिय महिला लिग: वालिङको पोस्टमा आर्मीको १२ गोल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ ।  सातद...

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...

दार्चुलाकाे अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग अनुराेध

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

संविधान संशोधन २०८७ पछि मात्रै हुन्छ भन्नु प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गलत छ: महामन्त्री शर्मा

झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy