सल्यान । नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सल्यानको नयाँ कमिटी निर्माण भएको छ । श्रीनगरमा शुक्रबार सम्पन्न जिल्ला समन्वय भेलाले ९ सदस्यीय कमिटी गठन गरेको हो । जसको अध्यक्षमा मोहन केसी, उपाध्यक्षमा डिल्ली राना, सचिवमा प्रकाश चन्द र सदस्यहरुमा शेर बहादुर खड्का, खिम बहादुर चलाउने, टेक बहादुर बुढा, खडानन्द खड्गी, लोकेन्द्र केसी रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले श्रमजीवी र मजदुरहरुको स्थायी व्यवस्थापन र समस्या समाधान गर्नसक्ने पार्टी एमाले भएको बताउँदै सबै क्षेत्रमा क्रियाशील मजदुरहरु एमालेको जनवर्गीय संगठन जिफन्टमा आबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा जिफन्ट कर्णाली प्रदेश कमिटीका सचिव श्रीपाल सारु मगर, एमाले सल्यानका सचिव पुष्पा वोहरा, जिल्ला कमिटी सचिवालय सदस्य फौद बहादुर बस्नेत, जिफन्टका सल्यान इन्चार्ज तोमानन्द खत्री लगाएतले बोल्दै श्रमजीवी मजदुरहरुको परिश्रम र मेहनतविना विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले मजदुरको हक, हित र सुरक्षाका लागि विशेष योजना ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय सम्मेलनमा एमालेका जिल्लास्तरिय नेताहरु ज्ञान बहादुर खड्का, टिकाराम बुढा, धर्म बहादुर विक लगाएतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...
जेष्ठ १ गते, २०८३ - २१:५१
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएक...
जेष्ठ १ गते, २०८३ - २१:४९
झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछ...
जेष्ठ १ गते, २०८३ - २१:४५
धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपा...



प्रतिकृया लेख्नुहोस्: