Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ । 

तालिवान अधिकारीहरूले बुधबार इस्लामी कानुनको कडा व्याख्याको आधारमा व्यापक व्यवहार र जीवनशैलीबारे प्रतिबन्धहरूको वर्णन गर्दै ३५ धाराहरू थप गरी कानुनको संशोधन गरेको घोषणा गरेका थिए । 

कानूनमा व्यवस्था भएका धाराहरूको उल्लङ्घन गरेमा मौखिक चेतावनीदेखि, जरिवाना र हिरासतसम्मको प्रावधानको घोषणा सदाचार मन्त्रालयअन्तर्गतका नैतिकता अधिकारीले गरेका हुन् । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनएएमए) का प्रमुख रोजा ओतुनबायेभाले भने, “यो अफगानिस्तानको भविष्यका लागि एक कष्टप्रद दृष्टिकोण हो । यहाँ नैतिक निरीक्षकहरूले उल्लङ्घनको विस्तृत र कहिलेकाहीं अस्पष्ट सूचीको आधारमा कसैलाई धम्की दिने र हिरासतमा राख्ने ‘विवेकपरक’ अधिकार छ ।”

“दशकौंको युद्धपछि र भयानक मानवीय सङ्कटका बीच अफगानी जनता प्रार्थनाका लागि ढिला भएमा, परिवारको सदस्यभन्दा बाहिरको विपरीत लिङ्गीलाई हेरेमा वा प्रियजनको फोटो राखेमा कारबाही व्यहोर्ने वा जेल जानुपर्नेछ,” ओटुनबायेभाले भने । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएदेखि नै कानुनका धेरै बुँदाहरू अनौपचारिक रूपमा लागू भइसकेका छन् र तालिवानले औपचारिक कानुनी संहितालाई कडाइका साथ लागू गर्नेछ वा गर्नेछैन भन्ने स्पष्ट छैन । 

‘लैङ्गिक विभेद’ को संज्ञा दिएको प्रतिबन्धका कारण महिलाहरू सार्वजनिक जीवनबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घले बताएको छ । ओतुनबायेभाले भने, “यो कानुनी संशोधनपछि पहिले नै असहनीय प्रतिबन्धहरू विस्तार गरेको तालिवान प्रशासनद्वारा लगाइएका अफगान महिला र बालिकाहरूको अधिकार, घर बाहिर महिलाको आवाजको अधिकारलाई पनि नैतिक उल्लङ्घन मानिएको छ ।”

कानुनअनुसार महिलाले घरबाट बाहिर निस्कँदा आफ्नो अनुहार र शरीर छोप्नुपर्छ र आफ्नो आवाज नसुनिएको सुनिश्चित गर्नुपर्छ । संयुक्त राष्ट्रसङ्घले कानुनमा धार्मिक र प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरेको छ । कानुनमा मिडियाले ‘शरिया कानुन र धर्मको प्रतिकूल सामग्री’ प्रकाशन गर्न बन्देज लगाएको छ । 

यद्यपि, कानुनमा केही सकारात्मक धाराहरू पनि समावेश भएका छन् । अनाथ र केटाकेटीलाई खेलौनाको रूपमा व्यवहार गर्नबाट प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानमा वृद्ध पुरुषहरूले केटाहरूलाई केटीहरूको रूपमा लुगामा सजाएर उनीहरूको यौन शोषण गर्ने गरेको पनि सुनिने गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE