पेरिस । फ्रान्समा गत जुलाईमा भएको संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको नाम घोषणा गर्न दबाब बढिरहेका बेला राष्ट्रपति इमानुएल म्याक्रोँले सोमबार दुर्लभ वार्ताका लागि अति दक्षिणपन्थी समूहका मरीन ले पेनसँग छलफल गरेका छन् ।
नेसनल र्याली (आरएन) पार्टीका प्रमुख जोर्डन बर्डेलाको साथमा ले पेन पेरिसको स्थानीय समय अनुसार सोमबार बिहान ०८ः४५ मा राष्ट्रपतिको कार्यालयमा पछाडिको गेट हुँदै प्रवेश गरेका थिए । मध्यमार्गी म्याक्रोंले गत महिना आह्वान गरेको मध्यावधि निर्वाचनले फ्रान्सलाई सन् २०२२ देखि अल्पमतको सरकार चलाइरहेको त्रिशङ्कु संसद्को गतिरोधबाट मुक्त गर्न असफल भएको थियो ।
मुख्यतया तीन समूहमा विभाजित नेशनल एसेम्ब्ली (तल्लो सदन) मा १९० भन्दा बढी सीटहरूको साथ वामपन्थी दलहरूको न्यू पपुलर फ्रन्ट (एनएफपी) गठबन्धन पहिलो शक्ति, त्यसपछि दोस्रोमा राष्ट्रपतिका समर्थक दलहरूको गठबन्धनको १६० र अति दक्षिणपन्थी राष्ट्रिय र्याली १४० सीटसहित तेस्रो स्थानमा रहेका छन् । कूल ५७७ सिट क्षमताको संसद्मा बहुमतका लागि २८९ जनाको आवश्यकता पर्छ ।
जुलाई ७ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भएदेखि नै बामपन्थीहरुले म्याक्रोँलाई सबैभन्दा ठूलो शक्तिका रूपमा आफ्नो एक जनालाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन् । उनीहरूले ३७ वर्षीय अर्थशास्त्री तथा सरकारी कर्मचारी लुसी कास्टेट्सलाई सरकार प्रमुखको सम्भावित उम्मेदवारका रुपमा अघि सारेका छन् ।
म्याक्रोँले कामचलाउ सरकारलाई लामो समय सरकार चलाउने अवसर दिँदै नयाँ प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् । उनले विश्वासको मतमा तत्काल अपदस्थ नहुने व्यापक समर्थन भएको व्यक्तिलाई सरकारमा ल्याउन खोजिरहेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: