एजेन्सी । भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
कम्युनिष्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो जसमा प्रधानमन्त्री र राष्ट्रिय सभाको प्रमुख पनि समावेश रहेका छन् ।
“राष्ट्रिय सभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ती गर्नेछ”, राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रिय सभाको स्रोतलाई उद्धृत गर्दै जनएको हो ।
भियतनामका कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो । सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङ अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हालेका थिए ।
स्थिरतमा जोड दिने एक–दलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो । तर “ब्लेजिङ फरनेश” भनिने एउटा प्रमुख भ्रष्टाचार विरोधी शुद्धीकरणले हालका वर्षहरूमा देशका केही शीर्ष नेताहरूसहित धेरै राजनीतिज्ञ र अधिकारीहरूलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ ।
भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उनका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: