Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बङ्गलादेशमा सुरक्षा बलद्वारा बेपत्ता पारिएका घटनाबारे अनुसन्धान शुरू

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बुधबार बङ्गलादेश सरकारले जनाएको छ । बलपूर्वक बेपत्ता पारेका भनिएका घटनामा कुख्यात र्‍यापिड एक्सन बटालियन (आरएबी) भनिने अर्धसैनिक बलको अत्यधिक संलग्नता रहेको छ ।

आरएबीलाई धेरै अधिकार उल्लङ्घनको आरोप लगाइएको छ, र यसलाई संयुक्त राज्य अमेरिकाले गैरन्यायिक हत्या र बलपूर्वक बेपत्ता पार्ने भूमिकाको लागि प्रतिबन्ध लगाएको थियो । ह्युमन राइट्स वाचले सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले ‘६०० भन्दा बढी बलपूर्वक बेपत्ता पारिएका’ घटना रेकर्ड गरेको र करिब १०० जना कहाँ छन् अहिले पनि कुनै जानकारी छैन । 

पक्राउ पर्नेमा हसीनाका प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी र देशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका रहेका छन् । हसिनाको सरकारले लगातार आरोपको खण्डन गर्दै बेपत्ता भएकामध्ये केही युरोप पुग्ने क्रममा भूमध्यसागरमा डुबेको दाबी गरेको छ । हप्तौंदेखि जारी विद्यार्थी आन्दोलनले १५ वर्ष लामो शासनको अन्त्य गर्दै राजीनामा दिन बाध्य पारेपछि पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भारत गई शरण लिइरहेका छन् ।

–‘वेपत्ता र यातना’–

उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश मोइनुल इस्लाम चौधरीको अध्यक्षतामा गठित पाँच सदस्यीय समितिले बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) लगायत अर्धसैनिक बलका अन्य प्रहरी एकाइमाथि पनि अनुसन्धान गर्नेछ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले आरएबी र बीजीबी दुवै सेनासँग ‘बलपूर्वक बेपत्ता पारिएका, यातना र दुव्र्यवहारलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका रेकर्ड’ रहेको बताएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले काम सुरु गर्न आदेश दिएको आयोगलाई प्रतिवेदन बुझाउन ४५ कार्यदिनको समय दिइएको छ । हसिनाको पालामा हिरासतमा लिइएका व्यक्तिहरूको रिहाइका लागि अभियान चलाइरहेको समूहकी संयोजक सञ्जिदा इस्लाम टुलीले आयोगको स्वागत गरेका छन् । “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रिपोर्ट पूर्ण रूपमा प्रकाशित गर्नु र कुनै पनि जानकारी नलुकाइनु हो,” टुलीले एएफपीसँग भने । जसको अर्थ आमाको आह्वान,‘द कल अफ द मदर्स’, हो ।

हराएका आफन्तको खोजी गर्नेहरूसँग मिलेर यसै महिनाको सुरुमा युनुससँग भेटेर कारबाहीको माग गरेकी टुलीले आयोगले हरेक परिवारको कुरा बिना भेदभाव सुनोस् भन्ने चाहेको बताएका थिए । उनले बेपत्ता भएकाहरूको फिर्ता होस् र जिम्मेवारहरुले न्याय पाऊन् भन्ने आफूहरूको चाहना रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घको अधिकार टोलीको प्रारम्भिक प्रतिवेदनअनुसार हसिनालाई पदच्युत गर्नुअघिका हप्ताहरूमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । उनी भागेको एक दिनपछि ढाकास्थित सैन्य गुप्तचर बलको भवनबाहिर परिवारका सदस्यहरू आफ्ना नातेदारहरूको पर्खाइमा भेला भएका थिए । तर, औलामा गन्नसक्नेलाई मात्र रिहा गरिएको पुष्टि भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending