Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

राष्ट्रियसभा: ‘सरकारलाई काम गर्न दिनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताएकी छिन् । 

“सरकारलाई काम गर्न दिनुपर्छ । सरकार गठन भएको धेरै भएको छैन, निराशा हटाउँदै आशा जगाउने काम हुँदै गएको छ । कहीँ कतै काम बिगारे खबरदारी गर्नुपर्छ”, उनले भनिन । सांसद दाहालले वर्तमान सरकारले तत्कालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने बताइन । 

सांसद जगप्रसाद शर्माले छुवाछूतको अन्त्य अझै पनि हुन नसकेकामा चिन्ता प्रकट गरे । उनले भने, “केही उपलब्धि भएका छन् । समाजवादी धाराबाट दलित मुक्ति आन्दोलनलाई नयाँ ठाउँमा पुर्‍याउन सकिन्छ । संविधानमा भएको व्यवस्था कार्यन्वायन हुन सकेको छैन । समावेशिता कायम गर्ने काममा पनि आत्मसात् गरेको देखिँदैन । अहिलेको मन्त्रिमण्डल होस् वा राजदूत सिफारिस संविधान अनुकूल हुन सकेको छैन ।”

सांसद कमला पन्तले युवा खुसीका साथ नेपालमा बसेर कामकाज गर्न सक्ने वातावरण बनाउनुपर्ने बताइन । युवा जनशक्तिलाई राम्रो योजना बनाएर काममा लगायौँ भने मुलुकको समृद्धि सम्भव हुने उल्लेख गर्दै उनले भनिन, “हामीले आशा पनि जगाउन सकेनौँ, भरोसा पनि दिन सकेनौँ ।” सांसद पन्तले  यस विषयमा सरकारले संवेदनशील भएर सोचेको छ ? भन्ने प्रश्न गर्दै युवाको जोस र जाँगर मुलुकको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताइन । 

सांसद गोमादेवी तिमिल्सिनाले कुन ठाउँ बसोबासका लागि उपयुक्त छ भनेर परीक्षण गर्नुपर्ने बताइन । उनले सुरक्षित बस्ती निर्माणका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिइन । सांसद तिमिल्सिनाले दैनिकजसो सवारीसाधन दुर्घटनामा वृद्धि भएको तथ्याङ्क पेस गर्दै लामा दूरीका  सवारी साधनमा दुई चालक राख्नैपर्ने बताइन । विशेष समयममा सांसदहरु पूजा चौधरी, डा अन्जान शाक्य, गङ्गाकुमारी बेलवासे र पदमबहादुर परियारले आ–आफ्नो धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिममा पुस २९ गते सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...

पाेखरामा स्कुटर चोरीकाे आरोपमा तीन पक्राउ

पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...

अप्राकृति गठबन्धन अनि अलोकतान्त्रिक सरकार: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...

नवलपुरको दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...

नागार्जुनमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।  बा २ क ६०८८ नम...

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा  शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विष...

व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग अगाडि बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् ।  नेपाल उद...

निर्माण ब्यावसायीकाे २२ अर्ब बढी भुक्तानी, ६ अर्ब बाँकी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन् ।  नेपाल ...

समाजवादी मोर्चा सक्रिय पारिने, माघ २ मा विशेष छलफल

काठमाडौं । समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बि...

१२ बुँदे सम्झौताको औचित्य समाप्त भयाे: कमल थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२–०६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy