काठमाडौं । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो ।
मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ । आँधीले धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसबाहेक २ जना घाइते भएका छन् । यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन् । सोही क्रममा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
कागोसिमा प्रिफेक्चरमा विगत ४८ घण्टामा १ हजार १ सय मिलिमिटर वर्षा भएको मौसमविद्ले अनुमान गरेको छ, जुन यो वर्षको औसत वर्षाको झण्डै आधा हो । भारी वर्षाका कारण सत्सुमासेन्दाई सहर नजिकै पहिरो गएको छ ।
जापान सरकारले कागोशिमाका केही क्षेत्रमा स्तर ५ को आपतकालीन चेतावनी जारी गरेको छ । यो देशमा विपद्को समयमा दिइएको सबैभन्दा ठूलो चेतावनी हो । यसमा मानिसहरूलाई आफ्नो घरमा बस्न र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । ट्रेनहरू रद्द गरिएका छन् । बस तथा अन्य सवारी साधन चलाउन रोक लगाइएको छ ।
लेभल ५ को चेतावनी जापानमा यसअघि तीन पटक मात्र जारी गरिएको थियो । जुलाई २०१४ मा ओकिनावा प्रिफेक्चरमा शक्तिशाली टाइफुन आएपछि पहिलो पटक यस्तो चेतावनी जारी गरिएको थियो । त्यसपछि अक्टोबर २०१६ मा पनि ओकिनावामा यस्तै चेतावनी जारी गरिएको थियो । यसपछि सेप्टेम्बर २०२२ मा क्युशु आइल्याण्डमा यो चेतावनी जारी गरिएको थियो ।
जापान एयरलाइन्सले बुधबार र बिहीबारका १७२ आन्तरिक उडान र ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको घोषणा गरेको छ । दोस्रो एयरलाइन्स एएनएले २१९ आन्तरिक उडान र चार अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । उडान रद्द हुँदा २५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
कुमामोटो र कागोशिमा बीच चल्ने बुलेट ट्रेन पनि रद्द गरिएको छ । कार निर्माता कम्पनी टोयोटाले जापानका आफ्ना १४ वटा कारखानामा आँधी कम नभएसम्म उत्पादन बन्द गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: