एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने भएका छन् । बेइजिङ र युरोपेली सङ्घबीच विद्युतीय सवारी साधनका लागि चिनियाँ अनुदानको विषयमा व्यापार गतिरोध जारी रहेका समय प्रधानमन्त्री साञ्चेजको भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो ।
स्पेनी प्रधानमन्त्रीको कार्यालयले सेप्टेम्बर ७ देखि १२ सम्म हुने भ्रमणको विस्तृत विवरण उपलब्ध नगराए पनि भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । सन् २०२३ को मार्चमा आफ्नो अन्तिम चीन भ्रमणका क्रममा स्पेनी प्रधानमन्त्री साञ्चेजले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका थिए ।
सीले युक्रेनका लागि चीनको शान्ति प्रस्तावलाई समर्थन जुटाउने प्रयास गरिरहेका बेला र युरोजोनको चौथो ठूलो अर्थतन्त्र स्पेनले सन् २०२३ को उत्तराद्र्धमा युरोपेली सङ्घको आलोपालो अध्यक्षता सम्हाल्ने तयारी गरिरहेका बेला यो भ्रमण हुन लागेको हो ।
सान्चेजको आसन्न चीन भ्रमण युरोपेली आयोगले गत हप्ता चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा ३६ प्रतिशतसम्म पाँच वर्षका लागि आयात शुल्क लगाउने घोषणा गरेपछि हुन लागेको हो । बदलामा बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको छ ।
उक्त अनुसन्धानमा ताजा चीज र दही, केही दूध र क्रिमलगायत विभिन्न वस्तुहरू समावेश हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - २०:४६
पेरिस । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपे...
पौष २६ गते, २०८१ - २०:४०
बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंक...
पौष २६ गते, २०८१ - २०:२९
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयो...
पौष २६ गते, २०८१ - २०:२४
पर्वत । जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार...
पौष २६ गते, २०८१ - २०:१८
अमेरिका । अमेरिकाकाे क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपर...
पौष २६ गते, २०८१ - १९:५९
काठमाडाैं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्...
पौष २६ गते, २०८१ - १९:३०
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको ह...
पौष २६ गते, २०८१ - १९:१४
पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...
पौष २६ गते, २०८१ - १९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...
पौष २६ गते, २०८१ - १८:५३
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...
प्रतिकृया लेख्नुहोस्: