Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

खबरडबली संवाददाता

काठमाडौं । भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड  भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् । 

शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो । उत्तर प्रदेशका मोहम्मद अमानलाई एकदिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ । 

यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ । जसमा ३ एकदिवसीय खेल पुडुचेरीमा र २ चारदिवसीय खेल चेन्नईमा हुनेछन् । दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ । १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्, यद्यपि उनको प्रदर्शन खासै रहेन । 

उनले ७ इनिङ्समा ८२ रन मात्र बनाउन सके । जबकि उनले एकपटक पनि बलिङ गरेका छैनन् । तर, यसअघि उनले कुचबिहार ट्रफीमा ३६२ रन बनाएर १६ विकेट लिएर कर्नाटकलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैं महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्ने

काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ ।  काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...

दक्षिण कोरियाको भ्रमण पूरा गरी फर्किए उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।  नेपाल र दक्षिण ...

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।  ...

मलेसियाद्वारा एमएच ३७० विमानको खोजी कार्य पुनः सुरु गर्न सहमति

क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...

पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...

प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा

काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...

रिहा भएपछि दुर्गाले भने–‘तस्करहरूसँगको लडाइँबाट भाग्दिनँ’

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार ...

अब लोडसेडिङ हुन्छ भनेर हल्ला गरे पनि हुँदैन: कुलमान

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल ...

एमाले कांग्रेसकाे पूर्व सहमतिअनुसार सरकार चलेन: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्...

गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान

सिड्नी । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy