Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

यो भारतीय सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्!

खबरडबली संवाददाता

वाराणसी (भारत) । वृद्ध भारतीय हिन्दु भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ। कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन्।

भारतको पवित्र सहर वाराणसीमा गंगा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दु श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन्। 

गंगाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ। हिन्दुहरू यसबाट पुनर्जन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन्। 

बयानब्बे वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूर पश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गरे। आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उनी खुसी थिए। 

लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उनले भने, ‘यो भगवान्‌को आफ्नै भूमि हो।’ उनका अनुसार उनको भगवान्‌ले उनलाई अझै पाँच महिना बाँच्ने बताएका छन्। 

उनी एउटा धर्मशालामा समय बिताउन पाउँदा सन्तुष्ट छन्। धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिन बिताउन आउनेहरूलाई सेवा गर्दछ।

अग्रवालले भने, ‘म हरेक दिन भगवान्‌सँग कुरा गर्छु, चाँडै नै म भगवान्‌को घरमा शान्तिसँग हुनेछु।’

सहरका धेरै ‘मुक्ति घर’मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उनले ठाउँ पाएका छन्। 

केन्द्रमा ४० वटा कोठा छन्। धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ। नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न छन्। 

अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन। बनारसको नामबाट पनि चिनिने हिन्दुहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो।

यो संहारका देवता भगवान् शिवको सहर हो। हिन्दुहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्ने बताउँछन्। ‘मोक्ष’ अर्थात् मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन्। 

मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन्। अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन्।

बिरामीका लागि चिकित्सा सुविधा छ तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन। यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ। 

बहत्तर वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी गइन्। 

‘मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गंगामा विसर्जन होस्’, उनले भनिन्। 

उनले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाहरूको उत्सव हेरेकी छन्। ‘मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईंलाई भगवान्‌को जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ’, उनले भनिन्, ‘त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ।’

गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमान्सँग यहाँ आएकी थिइन्। सात वर्षअघि उनको श्रीमान्‌को मृत्यु भयो। अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उनी जान तयार छिन्। 

हिन्दु धर्मको पवित्र रङ भगवा साडी लगाएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो मृत्यु प्रतीक्षा गरिरहेकी छन्। ‘यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्षा प्राप्त हुनेछ’, उनले भनिन्। रासस/एएफपी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending